विश्वकै महंगो गाडी,जसको नेपाली मूल्य १ अर्ब ३५ करोड



 काठमाडौँ/रोल्स रोयसले विश्वकै महंगो गाडीलाई सार्वजनिक गरेको छ । गाडी पारखीहरुका लागि रोल्स रोयसले एक निजी बिमानमा हुने विशिष्ट सुविधा जत्तिकै सुविधा यो गाडीमा समावेश गरेको छ । यसलाई इटालीमा आयोजित अटो शो Concorso d’Eleganza at Villa d’Este मा प्रदर्शन गरिएको छ ।

रोल्स रोयस स्वेप्टेल नाम दिईएको यो रोल्स रोयसमा अत्याधुनिक सुविधा रहेको छ । हेर्दा उत्कृष्ट र शानदार देखिने यस गाडीको निर्माण कार्य सन् २०१३ देखि सुरु गरिएको कम्पनीले जनाएको छ । रोल्स रोयस स्वेप्टेलको औपचारिक उद्घाटनमा उपस्थित गाडीका पारखीहरुले यस कारलाई सुपर यन्त्र र निजी बिमान सहित विशिष्ट सुविधा रहेको बताएका छन् । सन् १९२० देखि १९३० को दशकमा बजारमा ल्याइएको रोल्स रोयसबाट प्रभावित भई यस गाडीको निर्माण गरिएको कम्पनीले जनाएको छ ।

रोल्स रोयस स्वेप्टेलको मूल्य अहिलेसम्मकै सर्वाधिक महंगो भएको टेलिग्राफ समाचारले जनाएको छ । यस अघि सर्वाधिक महंगो बुगाटी चिरन स्लट्सलाई मानिएको थियो । यसको अन्तर्राष्ट्रिय बजार मुल्य ४० लाख अमेरिकी डलर रहेको थियो । रोल्स रोयसले निकाल्ने यो गाडीको मूल्य औपचारिक रुपमा सार्वजनिक नगरेपनि अन्तर्राष्ट्रिय संचार माध्यमले १ करोड ३० लाख अमेरिकी डलर अर्थात नेपाली १ अर्ब ३५ करोड जति पर्ने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिका विश्वबाट एक्लिने ट्रम्पलाई सीको चेतावनी

    चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने

सीजीका उपकरणको खरिदमा थाइल्यान्ड घुम्न जाने अवसर

    नयाँ वर्ष २०८२ को अवसरमा नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी SDA

सीजीको २०८२ नयाँ वर्ष ग्राहक योजना

    नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजी ले आफ्नो लेभल अप!

एल. जी नेपालको नयाँ वर्षको विशेष योजना

    नेपालमा ४० वर्षसम्म उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एल. जी