विश्वकै महंगो गाडी,जसको नेपाली मूल्य १ अर्ब ३५ करोड



हाम्रो इकोनोमि

 काठमाडौँ/रोल्स रोयसले विश्वकै महंगो गाडीलाई सार्वजनिक गरेको छ । गाडी पारखीहरुका लागि रोल्स रोयसले एक निजी बिमानमा हुने विशिष्ट सुविधा जत्तिकै सुविधा यो गाडीमा समावेश गरेको छ । यसलाई इटालीमा आयोजित अटो शो Concorso d’Eleganza at Villa d’Este मा प्रदर्शन गरिएको छ ।

रोल्स रोयस स्वेप्टेल नाम दिईएको यो रोल्स रोयसमा अत्याधुनिक सुविधा रहेको छ । हेर्दा उत्कृष्ट र शानदार देखिने यस गाडीको निर्माण कार्य सन् २०१३ देखि सुरु गरिएको कम्पनीले जनाएको छ । रोल्स रोयस स्वेप्टेलको औपचारिक उद्घाटनमा उपस्थित गाडीका पारखीहरुले यस कारलाई सुपर यन्त्र र निजी बिमान सहित विशिष्ट सुविधा रहेको बताएका छन् । सन् १९२० देखि १९३० को दशकमा बजारमा ल्याइएको रोल्स रोयसबाट प्रभावित भई यस गाडीको निर्माण गरिएको कम्पनीले जनाएको छ ।

रोल्स रोयस स्वेप्टेलको मूल्य अहिलेसम्मकै सर्वाधिक महंगो भएको टेलिग्राफ समाचारले जनाएको छ । यस अघि सर्वाधिक महंगो बुगाटी चिरन स्लट्सलाई मानिएको थियो । यसको अन्तर्राष्ट्रिय बजार मुल्य ४० लाख अमेरिकी डलर रहेको थियो । रोल्स रोयसले निकाल्ने यो गाडीको मूल्य औपचारिक रुपमा सार्वजनिक नगरेपनि अन्तर्राष्ट्रिय संचार माध्यमले १ करोड ३० लाख अमेरिकी डलर अर्थात नेपाली १ अर्ब ३५ करोड जति पर्ने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...