डुब्यो भिबोर सोसाईटी विकास बैंक



हाम्रो इकोनोमि

काठमाडौँ । ६ वर्षअघि बिरगञ्ज फाईनान्स र हिमचुली विकास बैंक जोडिएर एच एण्ड बी बैंक मर्ज भई कारोबार शुरु भएको थियो ।

उक्त बैंकले २०६९ मंसिर महिना भन्दा अगाडी सर्बसाधारणहरुले जम्मा गर्दै आएको रकम करिब १ अर्व पाँच करोड रुपैया हिनामिना गरेपछि एच एण्ड बी बैंक विवादमा तानिएको थियो । आफूले जम्मा गरेको रकम झिक्न जाँदा नपाएपछि मात्र निक्षेपकर्ताले एच एण्ड बी बैंकले पैसा खाएको कुरा एकाएक बाहिर आएको थियो ।

एच एण्ड बी बैंक कुलेश्वर शाखा प्रमुख निरज नेपाल उक्त घोटाला काण्डको सजायस्वरुप अहिले नख्खु जेलमा छन् । उक्त घोटाला काण्डमा कुलेश्वर शाखा प्रमुख निरज नेपालको मात्र संलग्नता नरही तत्कालीन सञ्चालक समिति पनि यस घोटाला काण्डमा संलग्न नरहेको अवस्था नहोला भन्ने दर्बिलो आधार भेटिएन । उक्त घटनाक्रमको विषयलाई लिएर तत्कालीन सिओ जशोदा सैजुँ र डाईरेक्टरमध्येका एक पुष्पज्योति ढुंगाना करिव ४०–४५ दिन प्रहरी वृत्त सिंहदरबा को कस्टडीमा थुनामा रहेको थियो । उक्त काण्डपछि राष्ट्र बैंकले संचालक समितिलाई कारवाही गरी नयाँ समिति बनाएको थियो । त्यसपछि बैंकले आफ्नो नाम परिवर्तन गरी सोसाईटी विकास बैंकको नामबाट कारोबार शुरु ग¥यो । हाल उक्त सोसाईटी विकास बैंक र भिबोर विकास बैंक मर्ज भई भिबोर सोसाईटी विकास बैंकको नाममा कारोबार गरिरहेको छ ।

संघसंस्था र व्यक्तिहरुको रकममध्ये ६० प्रतिशत भुक्तानी गरेको छ भने बाँकी ४० प्रतिशत दिन नमानेपछि पिडितहरु आन्दोलनमा उत्रिनुपरेको हो । आन्दोलनको क्रममा पत्रकार सम्मेलन, बैंक घेराऊ र नारावाजी गर्दै आईरहेका छन् ।
पिडितहरुको बाँकी रकम भुक्तानी नहुन्जेलसम्म आन्दोलन जारी रहने र थप कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु जारी गर्ने पिडित संघका संयोजक ज्ञानेन्द्र केसीले बताए । पुनरावेदन अदालत पाटनले पिडितहरुको बाँकी रकममा १० प्रतिशत ब्याँज समेत थप गरी भुक्तानी गर्न आदेश जारी गरिसकेको अवस्थामा पनि बैंकले भुक्तानी गर्न आनाकानी गरेको पिडितहरु बताउँछन् ।

राष्ट्र बैंकले पनि निक्षेपकर्ताको बैंकले भुक्तानी गर्नुपर्ने रकममा १० प्रतिशत ब्याँज सहित भुक्तानी गर्नु भनी पटक पटक निर्देशन दिदै आएको छ । उक्त आदेशको पनि पालना नगरी बैंकले कानुनलाई हातमा लिने काम गरेको छ । त्यही कारण अहिले पिडितमाथि झन पिडा थपेको छ । संयोजक केसीका अनुसार बैंकले आफूहरुको रकम भुक्तानी नगरे राष्ट्र बैंकले उक्त बैंकको सञ्चालक समितिलाई कारबाही गरी बैंकलाई आफ्नो नियन्त्रणमा लिने समेत दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...