देव विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने



काठमाडौँ । देव विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेड प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा देवः विकास बैंक लि.को तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र सहारा विकास बैंक लि.को तर्फबाट संचालक समितिका अध्यक्ष सुगन्ध कुमार गुप्ताले हस्ताक्षर गरेका हुन् ।

समक्षदारी पत्रमा नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम चुक्ता पूँजी कायम गर्न हस्ताक्षर गरिएको हो । यस अघि यस बैंकले युनियन फाइनान्स लि. र साझा विकास बैंक लि. प्राप्ति गर्न समझदारी पत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाइ सकेको र निष्काशित हकप्रद शेयर बाँडफाँड सम्पन्न भइसकेको बैंकले जनाएको छ ।

उक्त संस्थाहरु प्राप्ति पछि बैंकको कुल चुक्ता पूँजी १ अर्व ८० करोड रुपैयाँ पुगेको छ । यस बैंकले थप चुक्ता पूँजीको लागि अन्य संस्थाहरु प्राप्त÷मर्जर गर्ने योजना सहितको कार्यलाई निरन्तरता प्रदान गरिरहेको छ । ५१ वटा सञ्जाल रहेको यस बैंकको कुल निक्षेप ११ अर्ब ५१ करोड रुपैयाँ र कर्जा लगानी १० अर्ब ०८ करोड रुपैयाँ पुग्ने बैंकले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल मनी वीक २०२५ को अवसरमा र्‍याली आयोजना

      प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा

राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न

नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

    नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ

भन्सार छलेर ल्याएको २० केजी चाँदीसहित ४ जना पक्राउ

  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले चाँदीसहित मानिस नियन्त्रणमा लिएको हो