बेनीमा ६ सय २३ मेगावाट जलविद्युत उत्पादन गर्ने अनुमति



हाम्रो इकोनोमि

बेनी । म्याग्दीमा विभिन्न कम्पनीले ६ सय २३ मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएका छन् । यसरी अनुमति लिने मध्ये कतिपय कम्पनीले काम पनि शुरु गरिसकेका छन् ।

हिमालय इन्फ्रास्ट्रक्चर कम्पनीले ५३.३ मेगावाटको अपर म्याग्दीखोला पहिलो र ९५ मेगावाटको तिप्ल्याङ(कालीगण्डकी आयोजनाको अध्ययन अनुमति लिएका छन् ।

यसै गरी नारच्याङमा माउन्टेन इनर्जीले ६२ मेगावाटको नीलगिरिखोला, भुरुङतातोपानी, दाना र नारच्याङ क्षेत्रमै हाइड्रो सर्पोटले ५३ मेगावाटको मध्यकालीगण्डकी आयोजना, सात मेगावाटको रेलेखोला, मुना, मुदी र मराङ क्षेत्रमा हाइड्रो भिलेजले ५७ मेगावाटको म्याग्दीखोला, ४.६ मेगावाटको दरखोला, ८.२ मेगावाटको कुवनखोलाको अध्ययन अनुमति लिएको छ । त्यस्तै, राहुघाट क्षेत्रमा कुइनेमँगले क्षेत्रमै २१.३० मेगावाटको ठूलोखोला, ४.२ मेगावाटको सानोखोला, चिमखोलामा ५.२ मेगावाटको बगरखोलाको समेत अध्ययन अनुमति जारी भएको विभागले जनाएको छ ।

कालीगण्डकी करिडोर र राहुघाट क्षेत्रमा निर्माणधीन र निर्माण चरणमा रहेको विद्युत्लाई दाना(खुर्कोट सबस्टेसन र प्रसारण लाइन तथा म्याग्दीखोला क्षेत्रमा उत्पादन हुने विद्युत्लाई एक सय ३२ केभीए प्रसारण लाइनमार्फत पर्वतको मोदी सबस्टेसन जडान गर्ने सरकारी योजना छ । यही योजनाअनुरूप अहिले कालीगण्डकी करिडोरअन्तर्गत दाना र पर्वतको खुर्कोटमा सबस्टेसन र प्रसारण लाइनको काम भइरहेको छ । ४ मेगावाट घलेम्दी हाइड्रोका प्रबन्ध निर्देश प्रमोद श्रेष्ठले सरकारले कालीगण्डकी र म्याग्दीखोला क्षेत्रमा निर्माण हुने विद्युत् प्रसारण लाइन ग्यारेन्टी नगरेसम्म आयोजना समयमै सम्पन्न हुन नसक्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...