महान्याधिबक्ताले मध्यरातमा प्रधानन्याधिश भेटे पछि….?



हाम्रो इकोनोमि

काठमाडौं ।सार्वजनिक महत्वको भरतपुर प्रकरणलाई प्राथमिकतमा नराखी १७ औ नम्वरमा राखिएपछि न्यायाधीश विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको रिटको आज सुनुवाई नहुँने भएको छ ।

भरतपुर प्रकरणलाई लिएर महान्यायाधीबक्ता रमन श्रेष्ठले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई शनिवार मध्यरातमा भेट गरेका छन् । आइतवार भरतपुर प्रकरणको पेशी तोकिने दिन थियो । तर मध्यरातमै करिव १ घण्टा महान्यायाधीबक्ता श्रेष्ठले कामु प्रधानन्यायाधीश पराजुलीसँग भेट गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिएलगतै सरकारका कानुुनी सल्लाहकार महान्यायाधीबक्ताले पनि राजीनामा दिन प्रचलन थियो । तर भरतपुर प्रकरणको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन भएका कारण उनले राजीनामा दिएका छैनन् । यो मुद्दाको किनारा नलागेसम्म राजीनामा नदिन प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन समेत दिएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...