ग्लोबल आईएमई बैंक र युएई एक्सचेन्जको सहकार्य



काठमाडौँ । ग्लोबल आइएमई बैंकले यु.ए.ई एक्सचेन्जसंगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउने व्यवस्था मिलाएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको हो । युएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठुलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेन्ज कम्पनी मार्फत नेपालमा रहेका आफ्ना आफन्तहरुलाई ग्लोबल रेमिट मार्फत पठाएको पैसा छिटोछरितो र सहजरुपमा नेपालमा रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा आई एम ई रेमिट्यान्स, बेष्ट रेमिट र एस रेमिटका ७ हजार भन्दा बढि एजेन्टबाट तत्काल भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहे बैंकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न