सिंहदरबारमा राजपालाइ फकाउदै नेताहरु



हाम्रो इकोनोमि

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले असन्तुष्ट राष्ट्रिय जनता पार्टीका नेताहरुसँग बैठक गरिरहेका छन्।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी गराउन पहल गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी र राजपाका नेताहरुसँग अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता गरेका हुन्।

मधेसी मोर्चासँग भएको सहमति बमोजिम संविधान संशोधन, स्थानीय तहको सख्या बृद्धि लगायतका विषयमा संसदभित्रको अंकगणित तथा सर्वोच्च अदालतको आदेशका कारण तत्काल सम्भव नभएको भन्दै सरकारले निर्वाचन पछि उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

तर आफ्ना मागहरु विशेषगरी संविधान संशोधन तथा स्थानीय तहको संख्या बृद्धि गर्ने, नयाँ दल राजपालाई निर्वाचन आयोगमा दर्ता गरी नयाँ चुनाव चिन्ह दिने विषयको सम्बोधन नभएको भन्दै निर्वाचनमा सहभागी हुन नसक्ने धम्की दिँदै आएको छ।

सबैलाई समेटी दोस्रो चरणको निर्वाचन सफल बनाउने सरकार र सत्तापक्षको पहल स्वरुप आज बिहान राजपाका नेताहरुसँग प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुले राजपाका नेतासँग छलफल गरेका हुन्।

यसअघि शनिबार भएको वार्तामा राजपाले असार १४ गतेको निर्वाचन सार्ने प्रस्ताव सरकारले अस्विकार गरेपछि बैठक विना निश्कर्ष टुंगीएको थियो।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...