भरतपुर महानगरको सुनुवाइ आज, पुनः मतदान हुने सम्भावना



हाम्रो इकोनोमि

काठमाडौँ । सर्वाधिक चासोका रुपमा रहेको भरतपुर महानगरपालिकाको वडा नम्वर १९ मा फेरि चुनाव हुने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज आइतबार सुनुवाई हुँदैछ ।

मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि विवाद उत्पन्न भएको थियो । च्यातिएका मतपत्र रद्द गरेर मतगणना गर्नुपर्ने व्यवहारिक सिद्धान्तविपरीत निर्वाचन आयोगले फेरि निर्वाचन गर्ने निर्णय गरेको थियो । एमालेको तीव्र विरोधका बावजुद निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

तर निर्णय बदर गर्न माग गर्दै भरतपुर महानगर १९ का एमाले सदस्य उम्मेद्वार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले गत हप्ता सर्वोच्चमा रिट दर्ता गराएका थिए । यसअघि सर्वोच्चले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वाच्च स्रोतका अनुसार पुनः मतदान हुने सम्भावना प्रबल छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...