समाचार

मौलापुरको कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्विरोध

    रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठैजना उम्मेदवार नेकपा एमालेका हुन् । नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।