बालेन र सुनिताले सोमबारबाट पदभार सम्हाल्ने



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण सोमबार हुने भएको छ । भोलि र पर्सी सार्वजनिक बिदा भएकाले बालेन साहले मेयरको कुर्सीमा बस्न थप तीन दिन प्रतिक्षा गर्नुपर्ने भएको हो ।

काठमाडौंको हिजो राति मतगणना सकिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा गर्यो भने आज बिहान मेयर बालेन्द्र साहलाई औपचारिक बधाइ दियो । त्यसपछि बालेनको विजयोत्सव चलिरहेको छ ।

उपमेयरमा निर्वाचित सुनिता डंगोलको पनि आज संक्षिप्त र्‍याली थियो । भोली उनीसहित काठमाडौंमा एमालेबाट निर्वाचितहरुको औपचारिक धन्यवाद र्‍याली निकाल्ने तयारी छ ।

सोमबार महानगरपालिकामा सपथग्रहणपछि मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले औपचारिकरुपमा पदभार ग्रहण गर्ने छन् । उनीहरुको कार्यकाल पाँच वर्षको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...