नबुझ्ने अक्षरमा ‘प्रेस्कृप्सन’ लेख्ने डाक्टरलाई १ वर्ष जेल,यस्ता डाक्टर हुने भए अब फेल
नेपाल मेडिकल काउन्सिलले आचार सहिंता पालना नगर्ने चिकित्सकलाई कारवाही गर्ने चेतावनी दिएको छ। मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य परिषद् र औषधि व्यवस्था विभागको संयुक्त बैठकले नेपाल मेडिकल काउन्सिल आचार संहिता २०७३ पालना नगरे कारवाही गर्ने निर्णय गरेको हो।