फेसबुक प्रेमीले भारत पुर्याएर बन्धक बनाई यसरी गरे सामुहिक बलात्कार



हाम्रो इकोनोमि

दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीया तेजेन्द्र
तिवारीसँग विवाह गर्न राजी भईन् ।

फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तविारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे । तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसर्र्पामा तिवारीसाग प्रत्यक्ष भेट भयो ।

फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाईसकेकाले त्यहि राति उनीहरु भागेर सुर्खेत आईपुगे ।

१० दिन सुर्खेत र नेपालगन्जका होटलमा बिताएपछि भारतको गुजरात पुगे । तिवारीले युवतीसँग चिनजान हुँदै आफु भारतीय प्रहरीको जागिरे रहेको बताउने गरेका थिए ।

गुजरात पुग्दासम्म तिवारस्ँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन ।

जब युवाती जुगारत पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । गुजरात पुर्याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो ।
होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो, युवतीले भनिन्, चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।

युवतीका अनुसार दैनिक तीनदेखि छ जनासम्म युवक आउँथे बलात्कार गरेर जान्थे, प्रतिकार गर्न खोज्दा धम्की दिन्थे ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...