यी सात सूचना ठूला अक्षरमा छाप्नू भन्दा म्यानपावरले भने, ‘मान्दैनौँ,ठग्न सकिन्न’



हाम्रो इकोनोमि

वैदेशिक रोजगार विभागले कामदारको हितमा जारी गर्ने सूचना बुझ्नेगरी छाप्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ। वैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाहरुले पूर्व स्वीकृति सम्बन्धी निकालेका विज्ञापन तथा सूचनाहरु पढ्न सक्ने गरी छाप्न निर्देशन दिएको हो।

म्यानपावर कम्पनीले कामदारको हितमा जारी गर्ने सूचना बुझ्न नसकिने भएकाले आइन्दा यस्तो नगर्न सचेत गराएको छ। तर, म्यानपावर व्यवसायीले भने तत्काल यो निर्णय नमान्ने भएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले तत्काल यो निर्देशन मान्न नसकिने बताए।

‘हामीले कामदारको हितका लागि भनेर विभागका सूचना फ्रिमा छापेका हौं, ठूलो अक्षरमा छाप्दा बढ्ने लागत कसले ब्यहोर्छ,’ महासचिव गेलालले भने, ‘पैसा नलिई कामदार पठाउनु भन्ने अनि सूचना पनि ठूलो अक्षरमा छाप भनेर हुन्छ ?’

उनले म्यानपावर कम्पनीले यस्ता सूचना छाप्नु पर्ने भन्ने नियमावलीमा उल्लेख नभएको समेत बताएका छन् । महासचिव गेलालले पूर्णचन्द्र भट्टराई महानिर्देशक हुँदा विभागसँग मौखिक सहमति गरेर म्यानपावर कम्पनीले सूचना प्रकाशन गरेको बताए । उनले जतिसानो अक्षरमा छाप्यो उति नै लागत कम हुने भएकाले सानो अक्षरमा छापेको स्वीकारेका छन् ।

तर वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन प्रसाद आचार्यले भने विभागको निर्देशन अटेर गर्ने म्यानपावर कम्पनीलाई जरीवाना तिराउने बताएका छन् । उनले पहिलो पटक विभागले सूचनामार्फत जानकारी गराएको र तत्काल नसुधारे जरीवाना गर्ने अधिकार विभागलाई भएको महानिर्देशकको भनाई छ ।

वैदेशिक रोजगारीका लागि कामदार पठाउनका लागि विभागबाट पूर्व स्वीकृति लिएको विवरणसँगै कामदार माग बारेको सूचना प्रकाशन गर्दा म्यानपावर कम्पनीले ढाँट्ने गरेका छन् । टिकट र भिसाको शुल्क नलाग्ने सुचना प्रकाशन गरेपनि म्यानपावर कम्पनीले डेढ लाख रुपैयाँ सम्म अशुल्ने गरेको पाइएको छ ।

वैदेशिक रोजगार विभागको जानकारी भन्दै दिइने सूचना भने पढ्न नसकिने गरि छाप्छन् । हरेक म्यानपवार कम्पनीले छाप्ने विज्ञापनको तल सानो अक्षरमा लेखिएको हुन्छ, “

१)आफ्नो नाममा भिसा प्राप्त भई जाने निश्चित भएपछि मात्र कम्पनीमै गई रकम बुझाउनु होला । बुझाएको रकमको भरपाई अनिवार्यरुपमा लिनुहोला ।

२) आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोस् । आफू कठिनाईमा पर्दा सम्पर्क गर्न सजिलो हुन्छ ।

३) यस विज्ञापन (सुचना) मा उल्लेख भएकोभन्दा बढी रकम कसैलाई नदिनु होला ।

४) विदेश जानुअघि अभिमुखीकरण वा इण्डक्सन तालिम अनिवार्य लिनुहोला ।

५) विदेश जानुअघि आफू जाने जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा, सुविधा र अन्य शर्तबारे राम्ररी पढेर मात्र सम्झौतामा हस्ताक्षर गर्नुहोला । सोको एक प्रति आफूसँग राख्नुहोला ।

६) काममा विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ ।

७) यस विज्ञापनका बारेमा थप केहि बुझ्नु परे श्रम तथा रोजगार प्रवद्र्धन विभाग बानेश्वरमा सम्पर्क राख्नुहोला ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...