प्रधानमन्त्री ओलीले भने म राजनीतिक जोगी हुँ , मलाई कमाउनु छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राजनीतिक जोगी भएको बताएका छन्। गृह जिल्ला झापाको गौरादह नगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले आफूलाई कमाउने कुनै मनसाय नरहेको बताए। उनले भने, ‘मलाई कमाउनु छैन। मौका पाएको छु काम गरेर देखाउँछु।