महामन्त्री कोइरालाले कांग्रेसको ‘महारोग’ खोले, भने, ‘कांग्रेसमा गुटपिच्छेका नेता–कार्यकर्ता भए’



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री डा= सशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले बुधबार गरेको पत्रकार सम्मेलनमा पार्टी उनले संगठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने कांग्रेस झन कमजोर हुने बताउँदै भने, ‘कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो, यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ ।’

 

यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताएका छन् । त्यस अवसरमा कांंग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनु पर्नेमा जोड दिए ।

 

भेलामा बाँके कांग्रेस सभापति किरण कोइरालालगायत सहभागी कार्यकर्ताले पार्टी संगठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेकोलगायतका गुनासा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...