गृह जिल्लामा प्रधानमन्त्री ओली, नागरिक अभिनन्दन गरिंदै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृह जिल्ला झापा पुगेका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रो पटक झापा गएका हुन् ।

उनको बुधबार कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताएका छन् ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैंयाको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

 

उनले बुधबार गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली बुधबार नै दिउँसो काठमाडौँ फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...