१०५ अंक घट्यो सेयर बजार
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो ।
आज १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७ कम्पनीको शेयरमूल्य बढ्दा २६१ वटाको घटेको छ ।
घटेको बजारमा चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार भने हिमालयन रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।

