फेरि बढ्यो कच्चा तेलको मूल्य



हाम्रो इकोनोमि

 

 

इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार भारी गिरावट भएको ब्रेन्ट क्रुडको मूल्य मंगलबार फेरि प्रतिब्यारल एक सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

मंगलबार बिहान एशियामा ब्रेन्ट क्रुड ३.७५ प्रतिशतले वृद्धि भएको छ । अहिले यसको मूल्य १०३.६९ अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ । यसअघि सोमबार ब्रेन्टको मूल्यमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा केही दिन हमला नगर्ने घोषणा गरेपछि मूल्य घटेको थियो । ट्रम्पले इरानसँग चाँडै कुनै शान्ति सम्झौता हुन सक्ने पनि बताएका थिए । तर, ट्रम्पको दाबी इरानले अस्वीकार गरेको थियो । त्यसपछि तेलको मूल्यमा फेरि बढोत्तरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...