मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी



हाम्रो इकोनोमि

 

 

होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको चेतावनीको इरानले जवाफ दिएको छ । यदि आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण भएमा मध्यपूर्वमा रहेका अमेरिकासँग जोडिएका सबै ऊर्जा पूर्वाधारहरूमाथि प्रत्याक्रमण गर्ने चेतावनी इरानले दिएको हो । यसअघि शनिबार, ट्रम्पले आफ्नो युद्धको लक्ष्य निर्धारित समयभन्दा हप्तौं अगाडि नै हासिल गरिसकेको टिप्पणी पनि गरेका थिए, र इरानले सम्झौता गर्न चाहे पनि आफूले नचाहेको कुरामा जोड दिएका थिए ।

ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका थिए । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू (पावर प्लान्टहरू) नष्ट गर्ने चेतावनी दिएसँगै इरानले पनि प्रत्याक्रमणको चेतावनी दिएको हो ।

सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यसै जलसन्धि हुँदै जान्छ, जसले यसलाई विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण बनाउँछ ।

ट्रम्पले दिएको अल्टिमेटम मार्च २४ मा तेहरानको समयअनुसार बिहान ०३:१४ बजे सकिन्छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, यदि आफूमाथि आक्रमण भएमा खाडी क्षेत्रभरि रहेका अमेरिकासँग जोडिएका ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने तेहरानले बताएको छ ।

ट्रम्पले भनेका छन्, यदि इरानले ठीक यसै समयदेखि ४८ घण्टाभित्र होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा र विना कुनै धम्की खोलेन भने संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न ऊर्जा केन्द्रहरूमा प्रहार गरेर नष्ट गर्नेछ, जसको सुरुवात सबैभन्दा ठूलोबाट हुनेछ !

यसैबीच, इरानले दक्षिणी इजरायलका डिमोना र अरद सहरहरूमा भएको आक्रमणपछि १०० भन्दा बढी मानिस घाइते भएका छन् . उक्त आक्रमणको निशाना डिमोना सहरबाट १३ किलोमिटर टाढा रहेको आणविक केन्द्र (न्युक्लियर फ्यासिलिटी) भएको देखिन्छ । इरानको आक्रमणपछि इजरायलले आफ्ना शत्रुहरूमाथि कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।

उता, युएईले इरानको नयाँ क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिएको बताएको छ । कतारको रक्षा मन्त्रालयले ‘नियमित ड्युटी’ को क्रममा आफ्नो समुद्री तटमा दुर्घटनाग्रस्त भएको हेलिकप्टरको खोजी गरिरहेको जनाएको छ । इरानले जलमार्गमा लगाएको नाकाबन्दी र जहाजहरूमाथि गरेको आक्रमणका कारण हालैका हप्ताहरूमा तेलको मूल्य ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...