होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने बताएका छन् । ‘फाइनाइन्सियल टाइम्स’ सँगको अन्तरवार्तामा उनले होर्मुज स्ट्रेट सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा राख्दै युरोपेली मुलुकका तर्फबाट कुनै प्रतिक्रिया नआए नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुन सक्ने चेतावनी दिएका हुन् ।

एक दिनअघि मात्रै ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र ब्रिटेनसँग होर्मुज स्ट्रेट खुलाउनका लागि भइरहेको संयुक्त प्रयासमा सहभागी हुन अपील गरेका थिए । ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग बेइजिङमा हुने भनिएको आगामी बैठक अगाडि नै चीनले होर्मुज स्ट्रेट खोल्न सहयोग गर्ने पनि विश्वास व्यक्त गरे ।

‘चीनलाई ९० प्रतिशत तेल यही स्ट्रेटबाट उपलब्ध हुन्छ, उनले भने । ट्रम्प र सिबीच मार्च अन्तिमतिर बेइजिङमा बैठक तय भएको छ । तर, ट्रम्पले त्यसअघि नै चीनले होर्मुज स्ट्रेट खुलाउन कÞदम उठाउनु पर्ने उनको भनाइ थियो । ट्रम्पले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने पनि संकेत गरेका छन् । यद्यपि, उनले यसबारे स्पष्ट जानकारी नदिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...