रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ । भर्खरै बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ पुरुष गरी ५७ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएको भन्दै उनले उक्त नाम आयोगबाट रुजु नभएसम्म सार्वजनिक नगर्ने बताए ।

‘तोकिएको समयभित्र ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ । रुजुपछि आयोगले नै सार्वजनिक गर्नेछ । आयोगले नाम रुजु नगरेसम्म प्रस्तावित मात्र मान्न सकिने भएकाले अहिले सार्वजनिक हुँदैन’ झाले भने । झाले क्लस्टस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...