नेकपाका वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश



हाम्रो इकोनोमि

 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटमा पहिरो गएको छ । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ नेकपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । तामाङले आफ्ना करिब पाँच​ सयभन्दा बढी समर्थक र​ कार्य​कर्ता एमाले प्रवेश गरेको ग​राउने बाचा व्य​क्त​ ग​रे । काम गर्न सक्ने र स्पष्ट भिजन भएका नेता बद्री मैनाली नै हुनुहुन्छ, भन्दै उनले नेकपा छाडेर एमाले रोजेको बताएका छन् ।

त​त्कालिन​ माओवादी एवं नेकपाले विगत दुई पटकसम्म चुनाव जित्दा पनि नेताहरूले नुवाकोटमा उल्लेखनीय काम गर्न नसकेको भन्दै आत्मग्लानि व्यक्त गरे । अबको निर्वाचनमा नुवाकोट–१ का एमाले उम्मेदवार बद्री मैनाली लाई जिताउने प्रतिबद्धतासहित आफू एमाले प्रवेश गरेको तामाङले बताए । ब​द्री मैनाली २ तिहाई म​त​ले जित्नुहुन्छ​ । त्यो आधार​ देखेर​ म​ बहाल​वाला व​डा अध्य​क्ष​ स​मेत एमाले प्र​बेश​ ग​रेको हुँ । उहाँ जित्नु भ​नेको नुवाकोट​को ज​न​ता जित्नु हो ।

नुवाकोट​ ब​नाउने हुट​हुटी बोकेको ज​न​ताको प्र​तिनिधि नै ब​द्री मैनाली मात्र​ भ​एको सिताराम​ तामाङ​ले ब​ताए । एमाले प्रवेश कार्यक्रममा मैनालीले पार्टीको झण्डा र चुनाव चिन्ह हस्तान्तरण गर्दै तामाङलाई स्वागत गरेका थिए । तामाङ​सँगै दुप्चेश्व​र​बाट​ जेन​जी पुस्ताका राजेश​ तामाङ​ प​नि एमाले प्र​बेश​ ग​रेका छ​न् । जनताबीच लोकप्रिय बन्दै गएका मैनालीलाई साथ दिन विभिन्न दल परित्याग गर्नेहरूको संख्या हजार नाघेको दाबी गरिएको छ ।

यसअघि पनि नेपाली कांग्रेस र नेकपाबाट सयौं कार्यकर्ता एमाले प्रवेश गरेका थिए । ककनी गाउँपालिकामा ‘जेनजी प्रोटेस्ट’मा सहभागी सयौं युवाले राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा एमाले उत्कृष्ट र स्पष्ट भिजन भएको पार्टी भएको उल्लेख गर्दै नुवाकोटको विकासका लागि मैनाली नयाँ र काम गर्ने अनुहार भएको भन्दै एमाले रोजेका थिए । एमाले प्रवेश गरेका तामाङले दुप्चेश्वर क्षेत्रमा एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने  बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको...

झापा ५ मा एमाले युवाको मार्चपास

    आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार...

पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक...

टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै रास्वपा मधेश प्रदेश सभापतिको राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेशकी संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी...