झापा ५ मा एमाले युवाको मार्चपास



हाम्रो इकोनोमि

 

 

आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार झापाको कमल गाउँपालिकामा युवाहरुको मार्च पास प्रदर्शन गरेको छ । क्षेत्र नं. ५ अन्तर्गत पर्ने कमलका दुई अलग स्थानबाट एमालेको मार्चपास शुरु भएको थियो । साविक लखनपुर खण्डका ५,६ र ७ का युवाहरुले लखनपुर चोक देखि पाडाजुङ्गी सम्म एमालेको पक्षमा प्रदर्शन गरेका थिए । यस्तै साविक तोपगाछी खण्डका युवाहरुले केराधाप चोक देखि केर्खा सम्म मार्च पास गरेको एमाले गाउँ कमिटी अध्यक्ष हरी ढकालले जानकारी दिनुभयो ।

नाचगान, झण्डा र नारा सहितको र्‍याली समापनका क्रममा दुवै स्थानमा अलग अलग नेताहरुले संवोधन गरि आगामी निर्वाचनबाट एमालेको बहुमत आउने दावि गरेका थिए ।

मार्चपास पछि पाडाजुङ्गीमा आयोजीत कोणसभामा एमाले केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्रका परिचालन समिति संयोजक देवेन्द्र दाहालले यो क्षेत्रको मात्र नभई समग्र देशलाईनै विकासको नेतृत्व दिने पार्टी नेकपा एमाले मात्र भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनले राष्ट्रवादी कित्ता र राष्ट्रविरोधी कित्ताको टुंगो लगाउने भन्दै राष्ट्रवादी कित्ताको नेतृत्व एमालेले गरि रहेको धारणा राख्नुभयो ।

यस्तै मार्चपास पछि केर्खा बजारमा आयोजीत कोणसभामा एमाले जिल्ला उपाध्यक्ष शिव ढुङ्गेलले एमालेले मात्र यो देश र जनताको विकास गर्न सक्ने बताउनुभयो । युवाहरुलाई भ्रममा पारेर केहि तत्वले देश र जनताका विचमा दुष्प्रचार गरि रहेको भन्दै उनले दुष्प्रचार र कुप्रसारका विरुद्ध जनता जागि सकेको तर्क गर्नुभयो ।

झापा क्षेत्र नंं ५ मा नेकपा एमालेका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेद्वार रहनु भएको छ । यस क्षेत्रमा एमालेले प्रत्येक वडा र टोल स्तर सम्म निर्वाचन परिचालन, प्रचार प्रसार लगायतका समितिहरु बनाई मतदातासँगको भेटघाट सघन बनाएको छ । यस्तै महिला, युवा, विद्यार्थी, किसान, मजदुर, बुद्धिजिवी लगायतका अलग अलग क्लष्टर समेत निर्वाचन परिचालनमा खटिएको पार्टीका केन्द्रिय सदस्य एवम् निर्वाचन प्रचार प्रसार उपसमितिका संयाजक ईन्द्र भण्डारीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...