२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।  नेता भट्टराईले दुवै दिनको घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताएका हुन् ।

बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले जेनजी पुस्ताले उठाएका जायज मागको विपक्षमा नेकपा एमाले नभएको भन्दै दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । 

‘भदौ २३ गते बिहान शान्तिपूर्ण भेला भएर दिउँसो मानिसहरू एभरेस्ट होटल पुग्दासम्म राखेका मागको हामीले स्यालुट गर्नुपर्छ । युवा पुस्ताले राखेका मागमा हाम्रो विमति थिएन’ भट्टराईले भने, जब निषेधित क्षेत्र तोडेर सिधै संसद् भवनमाथि आक्रमण र आगजनी गरियो त्यहाँबाट छानबिन गरौँ ।

‘त्यो छानबिनमा जो जो दोषी छन् । त्यसभित्र नेकपा एमालेको कुनै तहको कोही नेता पनि दोषी छ भने हामी त्यसको दोष भोग्न तयार छौ । तर छानबिन निष्पक्ष हुनुपर्छ’ भट्टराईले भने, ती अवोध बालबालिका जसलाई शान्तिपूर्ण आन्दोलन हुन्छ भनेर त्यहाँ लगियो र पछि ढाल बनाएर प्रयोग गरियो ।

उनले योजनाबद्ध र पूर्व तयारी गरेर २३ गतेको घटना गराएर २४ गते विध्वंस मच्चाउने रणनीति भएको दाबी गरे । उक्त घटना सुगौली सन्धिपछिको डरलाग्दो र नोक्सानीको घटना भएको समेत भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...