क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार



हाम्रो इकोनोमि

 

 

क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ । सीएनएनले प्रहरीलाई उदृत गर्दै एकै व्यक्तिले विद्यालय र त्यसपछि एउटा आवासीय घरमा गोली चलाउँदा बालबालिकासहित धेरैको मृत्यु भएको जनाएको छ ।

गोलीकाण्ड स्थानीय समयअनुसार बिहान सुरू भएको थियो । आक्रमणकारीले पहिले एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाएको र त्यसपछि नजिकैको घरमा पुगेर पुनः गोली प्रहार गरेको बताइएको छ । आक्रमणकारी एकजना महिला थिइन् ।

घटनामा शिक्षक, विद्यार्थी र सर्वसाधारण परेका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने प्रहरीको आशंका छ । घटनापछि विद्यालय क्षेत्र पूर्ण रूपमा सिल गरिएको थियो भने अभिभावक र स्थानीयवासीबीच त्रास फैलिएको छ । प्रहरीले आक्रमणकारीलाई घटनास्थल नजिकै नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...