कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, संयोजक प्रचण्डले प्रष्ट रुपमा जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग हाम्रो गठबन्धन हुँदैन । हामी एक्लै चुनाव लड्छौं र पहिलो पार्टी बन्छौं भन्नु भएको छ । अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको जिकीर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...