एमालेका उम्मेदवारलाई जिताउन एकजुट बनौं : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

 

 

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको उम्मेदवार बन्ने विषय माघ ६ गतेभन्दा अघि नै सकिएको भन्दै अब एकढिक्का भएर सूर्य ध्वजाबाहक उम्मेदवार जिताउनुको विकल्प नरहेको बताएका छन् ।

सुनसरीमा पत्रकारसँग कुरा गर्दै भट्टराईले अब अरु पार्टीसँगको प्रतिस्पर्धामा एमालेका उम्मेदवार उत्रिसकेकाले को हुँदा ठिक भन्ने बहस सकिएको बताए ।

उपमहासचिव भट्टराईले भने-अब हामी अरु पार्टीसँगको प्रतिस्पर्धामा उत्रिसक्यौँ, टिकट वितरणको समीक्षा अब अहिले हुँदैन । अब हामीले देशैभर अन्तरिक एकता बलियो बनाउनुपर्छ ।

आफ्नो तर्फबाट उम्मेदवार बनेका कमरेडहरूको पक्षमा एकढिक्का भएर जानुपर्छ । देशभरीको पार्टी पंक्तिलाई मेरो अपिल छ, आजको लडाइँ एमालेभित्र कुन उम्मेदवार भयो भन्ने होइन, एमाले जित्नुपर्छ भन्ने हो ।

भट्टराईले एमालेका लागि सधैँ चुनाव चुनौतीपूर्ण नै रहेकाले यसपटकमात्र चुनौती नभएको बताए । उनले अब उम्मेदवारको बारेमा समीक्षा फागुन २१ पछिमात्र हुने भन्दै एमालेको नेतृत्वमा सरकार गठन गर्नेगरी चुनाव जिताउन लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...