प्रकाशमानलाई कांग्रेसले दिएन टिकट



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले पूर्व उपप्रधानमन्त्री तथा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई यस पटक टिकटबाट वञ्चित गरेको छ । २०६४ देखि लगातार सबै चुनाव काठमाडौंबाट जित्दै आएका प्रकाशमानलाई सभापति गगन थापाले ७ नम्बरमा जान भनेका थिए ।

तर प्रकाशमानले क्षेत्र नम्बर १ नछाडेपछि उनले टिकट पाएनन् । उनको ठाउँमा प्रबल थापाले टिकट पाएका छन् । उनी सभापति गगन थापानिकट हुन् । थापा सर्वोच्च अदालतबाट पदमुक्त भएका अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीका छोरी ज्वाइँ हुन् ।

उनीमाथि २०७३ मा सर्वोच्चले लोकमानविरुद्धको मुद्दामा म्याद तामेल गर्ने सन्दर्भमा बाधा अवरोध र असहयोग गरेको आरोपमा १ हजार रुपैयाँ जरिवाना समेत गरेको थियो ।

उनीसहित तामेलदार शम्भुबहादुर खत्री, काठमाडौं महानगरपालिका वडा नम्बर १० की तत्कालीन सचिव सरिता राई र सई नकुलराज गौतमलाई १ हजार रुपैयाँका दरले जरिवाना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...