राजन भट्टराई नै काठमाडौं ४ मा एमालेका उम्मेदवार



हाम्रो इकोनोमि

 

 

कांग्रेस सभापति गगन थापाले सर्लाही ४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएपछि उनले यसअघि चुनाव जित्दै आएको काठमाडौं ४ मा एमालेले डा. राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीका सचिवालय सदस्य ध्रुवराज न्यौपानेका अनुसार मनोनयन पत्र दर्ताका लागि डा. भट्टराईलाई लिएर पार्टी कार्यकर्ता निर्वाचन कार्यालय जाँदैछन् । थापा काठमाडौं ४ बाटै उम्मेदवार हुने चर्चाका कारण एमालेसहित अन्य दलले त्यहाँको उम्मेदवारी टुंगो लगाएका थिएनन् ।

स्वयं डा. भट्टराई उम्मेदवारीबाट पन्छिँदै आएका थिए । तर, थापा सर्लाही गएर उक्त क्षेत्रमा नेपाली कांग्रेसले कन्टेन्ट क्रिएटर एवं युथ कांग्रेसका अभियन्ता सचिन तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अब उक्त क्षेत्रमा एमाले सचिव एवं राजधानी प्रदेशका इञ्चार्ज डा. भट्टराई सहित तिमल्सिना र रास्वपा उम्मेदवार पुकार बमबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...