राजन भट्टराई नै काठमाडौं ४ मा एमालेका उम्मेदवार



हाम्रो इकोनोमि

 

 

कांग्रेस सभापति गगन थापाले सर्लाही ४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएपछि उनले यसअघि चुनाव जित्दै आएको काठमाडौं ४ मा एमालेले डा. राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीका सचिवालय सदस्य ध्रुवराज न्यौपानेका अनुसार मनोनयन पत्र दर्ताका लागि डा. भट्टराईलाई लिएर पार्टी कार्यकर्ता निर्वाचन कार्यालय जाँदैछन् । थापा काठमाडौं ४ बाटै उम्मेदवार हुने चर्चाका कारण एमालेसहित अन्य दलले त्यहाँको उम्मेदवारी टुंगो लगाएका थिएनन् ।

स्वयं डा. भट्टराई उम्मेदवारीबाट पन्छिँदै आएका थिए । तर, थापा सर्लाही गएर उक्त क्षेत्रमा नेपाली कांग्रेसले कन्टेन्ट क्रिएटर एवं युथ कांग्रेसका अभियन्ता सचिन तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अब उक्त क्षेत्रमा एमाले सचिव एवं राजधानी प्रदेशका इञ्चार्ज डा. भट्टराई सहित तिमल्सिना र रास्वपा उम्मेदवार पुकार बमबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

  मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा...

प्रकाशमानलाई कांग्रेसले दिएन टिकट

    नेपाली कांग्रेसले पूर्व उपप्रधानमन्त्री तथा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई यस पटक...

झापा–५ बाट ओलीले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।आगामी...

एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि...