एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन् । उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे ।

उनले पार्टी अध्यक्ष केपी ओली राष्ट्रवादी नेता भएको जिकिर गर्दै नेपालका सान, मान अन्तर्राष्ट्रिय जगतमा बढाइरहेको बताए ।

उनले भने, कतिपय पार्टीले त स्थानीय उम्मेदवार नपाएर टुरिस्ट उम्मेदवार दिए भन्ने सुनियो, अन्य पार्टीका उम्मेदवार हेर्दा पनि यसपालि एमालेप्रति सद्भाव राखेर एमाले जितोस् भन्ने मनसाय राखेर नै उम्मेदवारी दिएको देखिन्छ । जनताले चिनेका र रुचाएका उम्मेदवार आउनुभएको छैन । उनले जनताले चिनेका रुचाएका उम्मेदवार आफूसँग भिड्न नआएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

  मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा...

प्रकाशमानलाई कांग्रेसले दिएन टिकट

    नेपाली कांग्रेसले पूर्व उपप्रधानमन्त्री तथा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई यस पटक...

झापा–५ बाट ओलीले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।आगामी...

राजन भट्टराई नै काठमाडौं ४ मा एमालेका उम्मेदवार

    कांग्रेस सभापति गगन थापाले सर्लाही ४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने...