बालेन साहले मेयरबाट दिए राजीनामा
मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् । उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् । स्वतन्त्र उठेर मेयर जितेका बालेनले रास्वपामार्फत् औपचारिकरूपमा राजनीतिक दलमा भित्रिएर संसदीय चुनाव लड्ने तयारीसहित राजीनामा दिएका हुन् ।
उनी रास्वपाको वरिष्ठ नेता भइसकेका छन् । झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने उनको तयारी छ । उनले आफूले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबको दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु । धन्यवाद ! बालेनले राजीनामा पत्रमा लेखेका छन् ।


