बझाङमा ऎन महर र कञ्चनपुर १ मा तारा लामाले टिकट पाए



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ । हिजो बसेको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर-१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, अहिले दुवै उम्मेदवारलाई ब्याक गर्दै पार्टीले यी दुई स्थानमा नयाँ उम्मेदवारलाई टिकट दिइएको हो ।

बझाङमा ऎन महरले र कञ्चनपुर-१ मा तारालामा तामाङले टिकट पाएका छन् ।अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपासहितको गठबन्धनविरुद्ध निर्वाचन लडेका महर ९ सय ९८ मत अन्तरले पराजित भएका थिए । यो परिणाम सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मत अन्तरको हार हो ।

तत्कालीन नेकपा (एस) का भानुभक्त जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दा महरले २७ हजार १ सय ४५ मत पाएका थिए ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा तामाङले गठबन्धनका उम्मेदवार नेकपा-माओवादी केन्द्रकी बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका थिए ।

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा बिना मगरले १६ हजार ५८ मत प्राप्त गरेकी थिइन् । बझाङमा महर र कञ्चनपुर-१ मा तामाङ दुवै लोकप्रिय उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस
देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...