मनोनयन दर्ताको समय एक हप्ता सार्ने आयोगको तयारी



हाम्रो इकोनोमि

 

 

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसिमा थप गर्न प्रमुख राजनीतिक दलले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका हुन् ।

यद्यपि निर्वाचन आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

उनले भने, सबैजसो राजनीतिक दलले मनोनयन दर्ताको समय सीमा माघ ६ गतेबाट कम्तीमा पनि एक साता बढाएर माघ १५ देखि माघ मसान्तसम्म सार्न अनुरोध गर्नुभएको छ । आयोगले यस विषयमा आन्तरिक छलफल गरिरहेको छ । अहिलेसम्म कुनै निर्णय गरेको छैन । अहिलेसम्म निर्णय नलिए पनि बढीमा मनोनयन दर्ताको समय एक हप्ता सर्नसक्ने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
बालेन साहले मेयरबाट दिए राजीनामा

    मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् ।  उपमेयर...

बझाङमा ऎन महर र कञ्चनपुर १ मा तारा लामाले टिकट पाए

    नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ ।...

सर्वोच्चमा आजको आजै सुनुवाइ नहुने, देउवा कांग्रेस संकटमा

    नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर...

देउवा पक्षका कांग्रेस नेता रिट लिएर सर्बोच्चमा

  नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर...