सर्वोच्चमा आजको आजै सुनुवाइ नहुने, देउवा कांग्रेस संकटमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर आजै रिटमाथि सुनुवाइको आग्रह गरेका छन् । तर, सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएपछि नेताहरू बिलखबन्दमा परेका छन् ।

निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए ।

भोलि सोनाम ल्होसार परेका कारण सार्वजनिक बिदा भएको र पर्सि माघ ६ गते उम्मेदवारी मनोनयनको दिन भएकाले यसलाई सामान्यरुपमा नलिन उनीहरूको आग्रह थियो । तर, सर्वोच्चका मुख्य रजिष्टार विमल पौडेलले मिलापत्र र मुद्दा फिर्ताबाहेक अरु रिटमाथिको कारबाही आजको आजै हुन सम्भव नरहेको बताए ।

उनले भने : म तपाईँहरूको संवेदनशीलता बुझ्छु । यो बुझेरै मेरो दायरभन्दा बाहिर गएर न्यायाधीशज्यूहरूसँग पनि कांग्रेसको यस्तो मुद्दा आउँदैछ भनेर छलफल गरेको थिएँ । उहाँहरूले पहिले रिट पेश होस् भन्नुभयो । उहाँहरूको हातमा पनि छैन, किनकी हाम्रो नियमावलीले बाँधिएको छ ।

खड्का र निधीले यो मुद्दालाई राजनीतिक रूपमा नहेर्न आग्रह गर्दै विशुद्ध संविधान, राजनीतिक दलसम्बन्धी कानून र पार्टीको विधानविरुद्ध निर्वाचन आयोगले नांगो ढंगले गरेको निर्णय भएकाले गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए । उनीहरूले आज सुनुवाइ नहुँदा अपूरणीय क्षति हुने बताएका छन् ।

सोमबार सार्वजनिक बिदा र मंगलबार मनोनयन दर्ता छ । मंगलबार रिट पेशीमा चढे पनि सिंगल बेन्चमा पर्ने र त्यसले अन्तरिम आदेश नदिन नसक्ने भएकाले ठूलो समस्या हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
मनोनयन दर्ताको समय एक हप्ता सार्ने आयोगको तयारी

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन...

देउवा पक्षका कांग्रेस नेता रिट लिएर सर्बोच्चमा

  नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पे कार्ड...

८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको पूर्णबहादुरको दावी

    नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले आफूहरू आधिकारिक भएको दाबीसहित...