नेतृत्व चयनको प्रक्रियाबाट अलग भए २ नेता



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेका नेताद्वय डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा नेतृत्व चयनको प्रक्रियाबाट अलग भएका छन् ।

डा. सुनिल शर्माले भृकुटीमण्डपबाट नेतृत्व चयनले पार्टी फुटाउने भन्दै आफूहरू नेतृत्व चयन प्रक्रियाबाट अलग्गिने र एकताका लागि अन्तिमसम्म पहल गर्ने  बताए ।

उनले भने, विशेष महाधिवेशन पक्षधरको भावनासँग एक भएर सहभागी भएको हुँ । दुवै पक्षलाई मिलाउन निरन्तर संवादमा छु । तर, पनि दुईवटा अलगअलग नेतृत्व बनाउने कुरामा मेरो असहमति छ ।

त्यस्तै भण्डारीले पार्टी विभाजनको पक्षमा आफू नरहेको भन्दै एकपक्षीय नेतृत्व घोषणा गर्ने पक्षमा नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...