१६ सय भन्दा बढी प्रतिनिधि आएका छैनन् : मोहन बस्नेत
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष महाधिवेशन पक्षधरले नक्कली कुरा गरेको आरोप लगाएका छन् । केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्रीद्वयमाथि चर्को असन्तुष्टि पोखे ।
उनले भने, नक्कली कुराहरू कहीँ न कहीँबाट चुहिहाल्छ, कहीँ न कहीँबाट गइहाल्छ । देखिहाल्नु भएको छ। यति प्रतिशत चाहिँ बढाइदिऊँ, भनेको भिडियो पनि भाइरल भइसक्यो, देखिहाल्नु भएको छ ।
त्यस कारणले त्यहाँ केही चिजहरू नक्कली चिज पनि थिए बाहिर आइसक्यो । त्यो पनि त्यहाँ भित्रकाले बुझे ।
उनले विशेष महाधिवेशन पक्षधरले सभापतिको हटाएर कार्यवाहक सभापतिको हस्ताक्षर हुनुपर्यो भनेर एक सूत्रीय माग राख्या राखेको बताए । उनले विशेष महाधिवेशनमा १६ सय भन्दा बढी प्रतिनिधि नआएको दाबी गरे ।


