नेपाली कांग्रेस केन्द्रीय समिति विघटन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्ने भएका छन् । भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताए ।

उनका अनुसार बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।

प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...