कांग्रेसको विशेष महाधिवेशनले भृकुटीमण्डपमा



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भृकुटीमण्डप परिसर गुलजार देखिएको छ । दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभचिन्तकले महाधिवेशनस्थल भरिभराउ छ ।

विभिन्न ६ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपतर्फ बढिरहेको छ । महाधिवेशन उद्घाटन कार्यक्रमका लागि तयार पारिएको मञ्च परिसर खचाखच छ । उद्घाटन समारोह सकिएपछि भृकुटीमण्डपमै बन्दसत्रको आयोजना हुनेछ । भृकुटीमण्डपमै प्रतिनिधिहरूको नाम दर्ता पनि चलिरहेको छ ।

ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस निस्किएका छन् । पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरीबाट गएका जुलुस भृकुटीमण्डप पुगेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...

विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ संगठनको वक्तव्य

  नेपाली कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय...

पूर्णबहादुरको पत्रकार सम्मेलन स्थगित

     नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन...

पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्का

    नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति...