पूर्णबहादुरको पत्रकार सम्मेलन स्थगित



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।

कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा दिएका थिए । तर मुख्य सचिव पौडेलले नै अर्को सूचना पठाएर सो पत्रकार सम्मेलन स्थगित गरिएको जनाएका छन् ।

इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो । तर अहिले किन एक्कासी पत्रकार सम्मेलन स्थगित गरियो भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ संगठनको वक्तव्य

  नेपाली कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय...

पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्का

    नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति...

विशेष महाधिवेशनको तयारी तिब्र, पार्टी फुटने संकेत

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७...

युवा र जिल्ला सभापति भेला गर्दै संस्थापन पक्ष

    नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन छुट्टै भेला...