म्यादी प्रहरीले कति पाउँछन् तलब र सुविधा



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने भएको छ । पुस २५ देखि माघ १ गतेसम्म देशभरका ७७ जिल्ला प्रहरी कार्यालयमार्फत दरखास्त दिन सकिने छ ।

आवेदक १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, नेपाली नागरिक, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी मुद्दामा सजाय नपाएको र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेछ । शारीरिक तथा मानसिक रूपमा स्वस्थ व्यक्ति मात्र छनोट हुनेछन् ।

म्यादी प्रहरीलाई नेपाल प्रहरी जवानको प्रारम्भिक तलब सरह प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको करिब ३४ हजार ७७६ रुपैयाँ उपलब्ध गराइनेछ । यसका साथै खाद्यान्न खर्च, तयारी खर्च, खाजा खर्च र पोसाक भत्तासमेत छुट्टै दिइनेछ ।

प्रारम्भिक छनोट माघ ५ देखि ९ गतेसम्म गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते सार्वजनिक हुनेछ । छनोट भएकालाई माघ १५ देखि २४ गतेसम्म तालिम दिइने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ संगठनको वक्तव्य

  नेपाली कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय...

पूर्णबहादुरको पत्रकार सम्मेलन स्थगित

     नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन...

पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्का

    नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति...

विशेष महाधिवेशनको तयारी तिब्र, पार्टी फुटने संकेत

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७...