म्यादी प्रहरीले कति पाउँछन् तलब र सुविधा



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने भएको छ । पुस २५ देखि माघ १ गतेसम्म देशभरका ७७ जिल्ला प्रहरी कार्यालयमार्फत दरखास्त दिन सकिने छ ।

आवेदक १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, नेपाली नागरिक, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी मुद्दामा सजाय नपाएको र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेछ । शारीरिक तथा मानसिक रूपमा स्वस्थ व्यक्ति मात्र छनोट हुनेछन् ।

म्यादी प्रहरीलाई नेपाल प्रहरी जवानको प्रारम्भिक तलब सरह प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको करिब ३४ हजार ७७६ रुपैयाँ उपलब्ध गराइनेछ । यसका साथै खाद्यान्न खर्च, तयारी खर्च, खाजा खर्च र पोसाक भत्तासमेत छुट्टै दिइनेछ ।

प्रारम्भिक छनोट माघ ५ देखि ९ गतेसम्म गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते सार्वजनिक हुनेछ । छनोट भएकालाई माघ १५ देखि २४ गतेसम्म तालिम दिइने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...