राजेन्द्र लिङ्देन र रवि लामिछानेबीच भेटवार्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज बिहान उनीहरुबीच भेट भएको हो ।
भेटमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे छलफल भएको र दुई दलका आपसी विषयमा पनि सम्वाद भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । यसअघि लिङदेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।


