पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी, वार्षिक ६ अर्बभन्दा बढी रकम बचत हुने



हाम्रो इकोनोमि

 

 

 

पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न स्वीकृत प्रदान गरेको छ । मन्त्रिपरिषद्बाट ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृतिसँगै अब नेपाल आयल निगमलाई पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गर्ने बाटो खुलेको छ । दुई दशक अघिदेखि पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन । पेट्रोलमा इथानोल मिश्रण गर्न सके करिब सात करोड लिटर पेट्रोल आयात घटाउन सकिने अनुमान गरिएको छ ।

पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने प्रक्रिया अघि बढ्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बताए । मन्त्रिपरिषद्बाट स्वीकृत भएको कार्यविधि प्राप्त गरेपछि इथानोल उत्पादन, खरिद लगायतका लागि अन्य आवश्यक आधार तयार गर्न निगमले प्रक्रिया अघि बढाउने छ । ‘स्वदेशमै इथानोल उत्पादन गरी पेट्रोलमा मिश्रण गरेर बिक्री गर्ने कानुनी आधार तयार भएको छ, कार्यकारी भट्टले भने, इथानोलको प्रयोगले पेट्रोल आयात घटाउन सहयोग पुग्छ ।

इथानोल प्रयोग वातावरण मैत्री पनि हुने उनले बताए । इथानोलको उत्पादन, गुणस्तरको मापदण्ड निर्धारण लगायतका कामका लागि केही समय लाग्नेछ । ‘इथानोल विदेशबाट ल्याउन पाइँदैन,’ भट्टले भने, ‘यसले रोजगार सिर्जना गर्न पनि सघाउ पुग्नेछ । नेपालले भारतबाट इन्धन ल्याएर बिक्री गरे पनि भारतले धेरै वर्ष पहिलेदेखिनै इन्धनमा इथानोल मिश्रण गरेर बिक्री गर्दै आएको छ । पेट्रोलमा इथानोल मिसाउन सके वार्षिक करिब सवा ६ अर्र्ब रूपैयाँको पेट्रोल आयात घट्ने अनुमान गरिएको छ ।

इथानोल बर्निङ पावरयुक्त प्रज्ज्वलनशील पदार्थ हो । इथानोलले इन्जिनबाट हुने उत्सर्जन कम गराएर प्रदूषण घटाउन सहयोग पुग्छ । ‘इथानोल वातावरण मैत्री भएकाले कार्वनडाइअक्साइड निस्किँदैन, भट्टले भने, वातावरण मैत्री भएकाले प्रयोग आवश्यक छ । इथानोल कृषिजन्य वस्तुबाट उत्पादन हुने भएकाले सरकारले प्रोत्साहन गर्नुपर्ने कार्यकारी निर्देशक भट्ट बताउँछन् । किसानलाई आयआर्जनको माध्यम पनि हुन्छ’ भट्टले भने ।

इथानोल उखु, पराल, सुकेका घाँसलगायतका वस्तुबाट उत्पादन गर्न सकिन्छ । नेपालमा भारतबाट पेट्रोल आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको समेत बचत हुन्छ । २०६० सालमै पेट्रोलमा इथानोल मिसाउने योजना बनाएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । उत्पादन र प्रयोगबारे कार्यविधि बनेर कार्यान्वयनमा नआउँदा पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति लिएर पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...