महामन्त्रीहरुलाई हेपियो : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा एमालेसँग भएको तालमेलको स्वामित्व आफूहरूले नलिने बताएका छन् । कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी बैठकमा छलफल नै नगरी तालमेलको निर्णय गराइएको भन्दै आपत्ति जनाए ।
उम्मेदवारी छनोटको विषयमा पनि उनले विमति जनाए । उनले उम्मेदवारी छनोट गर्न बैठक बस्नुभन्दा अघि नै उम्मेदवारहरू मनोनयन पत्र बोकेर दर्ता गर्न गइसकेको बताए ।
उनले भने, ‘महामन्त्रीहरूलाई हेप्ने, पेल्ने त चलिरहेको छ । यसबारे हाम्रो प्रतिक्रिया होला । संसदीय बोर्ड, केन्द्रीय समितिलाई समेत हेपियो, यो भन्दा अगाडि यस्तो हुँदैनथ्यो । योजस्तो मानमर्दन यसअघि हुँदैनथ्यो । उनले उम्मेदवार छनोट प्रक्रियामा आफूले फरक मत राखेको बताए ।


