एमाले राजधानी प्रदेश अध्यक्षको जिम्मेवारी नारायण सिलवाललाई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले राजधानी प्रदेश कमिटीको अध्यक्षमा नारायण सिलवाललाई जिम्मेवारी तोकेको छ । सिलवाल पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिन्छन् ।   

आज बसेको सचिवालय बैठकले संशोधित विधानअनुसार रिक्त रहेका पदमा जिम्मेवारी तोकेको हो । बैठकले बागमतीराजधानी  सम्पर्क विशेष संगठन कमिटीमा जिम्मेवारी बाँडफाँड गरेको छ ।

साविकको विशेष प्रदेश कमिटीलाई राजधानी प्रदेश कमिटी बनाइएको हो । यसअन्तर्गत ३ भौगोलिक जिल्ला, युवा-विद्यार्थी, उद्योग, मजदुर र पेशागत विशेष जिल्ला कमिटी रहने छन् । वागमती प्रदेशको १० भौगोलिक जिल्लालाई हेर्ने गरी अलग्गै प्रदेश कमिटी छ ।

उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उपाध्यक्ष विदुर कार्की केन्द्रीय सदस्यको उम्मेदवार भएर पराजित भएका थिए । एमालेमा माथिल्लो कमिटीको निर्वाचनमा भाग लिने व्यक्ति तल्लो कमिटीको पदबाट स्वतस् रिक्त हुने व्यवस्था छ ।

यस्तै वागमती प्रदेश कमिटीमा सचिवमा बालकृष्ण देउजा र उपसचिव रमेश आचार्यलाई तोकिएको छ । उपाध्यक्ष प्रेमबहादुर महर्जन, सचिव मिलन धरेल र उपसचिवमा शशिजंग थापा र बेलीमाया घलेलाई चयन गरिएको छ ।

सम्पर्क विशेष संगठन कमिटीमा अध्यक्ष अशोक ठकुरी र सचिव कपिल ओलीलाई तोकिएको छ । यस्तै बैठकले भानुभक्त ढकालको संयोजकत्वमा पार्टी नियमावलीमा संशोधन समिति गठन गरेको छ । समितिको सदस्यमा माधव ढुंगेल र रमेश बडाल छन् । यसैगरी नीति अनुसन्धान प्रतिष्ठान निर्देशिकाको नियमावली संशोधनका लागि विष्णु रिमाललाई संयोजक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...