एमाले सचिवालय बैठकमा ८ एजेण्डा पेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय च्यासलमा बसिरहेको बैठक ८ एजेण्डामा केन्द्रित रहेको सचिव महेश बस्नेतले बताए ।

उनका अनुसार बैठकमा राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन, घोषणा-पत्र तयारी समिति गठन, निर्वाचन परिचालन समिति गठन, निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन, युवा केन्द्रित निर्वाचन परिचालन रणनीति रहेका छन् ।

यो बैठकपछि एमाले प्रतिनिधिसभाको निर्वाचनमा होमिने देखिएको छ । यस्तै, संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी, सम्पर्क विशेष संगठन कमिटी गठन गर्ने कार्यसूची पनि छ ।

पार्टी नियमावलीमा संशोधन र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन गर्नेबारे पनि छलफल भइरहेको उनले बताए । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र नेकपासँग चुनावी तालमेल गर्नेबारे एमाले छलफलमा छ । त्यसबारे आजको बैठकले निर्णय लिनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...