गुल्मी २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट एकल सिफारिस



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले गुल्मी क्षेत्र नं २ बाट उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम सिफारिस गरेको छ । दुईवटा निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भइसकेको छ । २ नम्बर क्षेत्रमा उपाध्यक्ष विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाममा छलफल भने भएको थियो । क्षेत्रीय संयोजक रितबहादुर थापाले विष्टको नाम एकल सिफारिस गरिएको बताए ।

लामो समयदेखि यो क्षेत्रमा लड्दै आएका विष्टलाई मनाएर रामकुमारी झाँक्री अघि सार्ने चर्चा थियो । कांग्रेस, एस, माओवादीसहितको गठबन्धन हुँदा २०७९ मा झाँक्री यसअघि विष्टसँग पराजित भएकी थिइन् । एमालेको हालैको महाधिवेशनमा विष्ट ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय उपाध्यक्षमा विजयी भएका हुन् ।

०५६ सालमा जितेसँगै विष्टको संसदीय यात्रा सुरू भएको हो । ०६४ सालको पहिलो संविधानसभा चुनावमा उनी माओवादीसँग पराजित भएका थिए । ०७० सालको दोस्रो संविधानसभा, २०७४ र २०७९ मा लगातार विजयी भएका विष्ट ऊर्जामन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले राजधानी प्रदेश अध्यक्षको जिम्मेवारी नारायण सिलवाललाई

    नेकपा एमालेले राजधानी प्रदेश कमिटीको अध्यक्षमा नारायण सिलवाललाई जिम्मेवारी तोकेको छ...

नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखमा विष्णु रिमाल

     नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय...

केपी ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा हुने चुनावी घोषणापत्र...

नेपाली कांग्रेस केन्द्रीय कार्यालय घेराउ

     नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय...