ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा



हाम्रो इकोनोमि

 

 

भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ । ओलीको बयान लिएसँगै आयोगले उनीमाथि लगाइएको बन्देज फुकुवाको निर्णय गरेको हो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आजको निर्णय सार्वजनिक गर्दै फुकुवाको जानकारी गराएका छन् ।

प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा त्यसताका भएका घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
एमाले राजधानी प्रदेश अध्यक्षको जिम्मेवारी नारायण सिलवाललाई

    नेकपा एमालेले राजधानी प्रदेश कमिटीको अध्यक्षमा नारायण सिलवाललाई जिम्मेवारी तोकेको छ...

नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखमा विष्णु रिमाल

     नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय...

केपी ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा हुने चुनावी घोषणापत्र...

नेपाली कांग्रेस केन्द्रीय कार्यालय घेराउ

     नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय...