एमालेका शीर्ष नेताहरूको नाम एकल सिफारिस



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको कार्य जारी छ । जसअन्तर्गत पार्टीका शीर्ष नेताहरूको नाम एकल रुपमा सिफारिस भइराखेको छ ।

झापा निर्वाचन क्षेत्र नं.  ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम एकल सिफारिस भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

रुपन्देही-२ मा उपाध्यक्ष विष्णु पौडेलको नाम एकल सिफारिस भएको छ । दाङ-२ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस भएको छ । कैलाली-४ बाट उपमहासचिव लेखराज भट्ट एकल सिफारिस भएका छन् ।   भक्तपुर क्षेत्र नम्बर-२ बाट प्रत्यक्षतर्फका लागि सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ ।

गुल्मी–१ बाट प्रदीप ज्ञवाली, रूपन्देही ५ बाट खिमलाल भट्टराई, सिराहा ३ बाट लीलानाथ श्रेष्ठ, दार्चुलाबाट गणेश ठगुन्ना, सल्यानबाट गुलाबजंग शाह, बैतडीबाट दामोदर भण्डारी, सुर्खेत १ बाट ध्रुव शाही, सुर्खेत २ बाट कुलमणि देवकोटा, बाँके १ बाट सूर्य ढकाल, बाँके–२ बाट दलबहादुर सुनार, कपिलवस्तु १ बाट विश्राम चौधरी र काभ्रे २ बाट गोकुल बास्कोटाको नाम एकल सिफारिस भएका हुन् ।

नवलपुर २बाट तिलक महत, कास्की २ बाट मिलन गुरूङ, नुवाकोट १ बाट बद्रि मैनाली, नुवाकोट २ बाट केशव पाण्डे, रौतहट १ बाट अजय गुप्ता, महोत्तरी १ बाट लक्ष्मी महतो कोइरी, इलाम २ बाट सुहाङ नेम्वाङको नाम एकल रुपमा सिफारिस भएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ताको समय छ । त्यसअगाडि नै उम्मेदवार तय गर्न दलहरू जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...