भेनेजुएलाको कार्यकारी राष्ट्रपतिमा डेल्सी रोड्रिगेज



हाम्रो इकोनोमि

 

 

 भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको थियो ।

अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

को हुन् डेल्सी रोड्रिगेज ?

डेल्सी रोड्रिगेज १८ मे १९६९ मा काराकसमा जन्मेकी हुन् । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए । उनले १९७० को दशकमा ‘लीगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए । कानूनमा स्नातक गरेकी डेल्सी अधिवक्ता समेत हुन् ।

उनी लामो समयदेखि मादुरो सरकारसँग नजिकको सहयोगी बनेर काम गरेको अनुभव छ । उनले ह्युगो चावेजको समर्थनमा पनि काम गरिसकेकी छन् । २०१३–२०१४ मा सञ्चार र सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकारको समर्थक संविधान सभाको प्रमुखको रूपमा काम गरिसकेकी छिन् ।

२०१८ जुनमा उनलाई भेनेजुएलाको उपराष्ट्रपति नियुक्त गरिएको थियो र त्यसपछि उनी मुलुकको आर्थिक र राजनीतिक निर्णयहरूमा एक महत्वपूर्ण भूमिकामा छिन् । २०२४ अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धहरूबीच भेनेजुएलाको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अवसर प्रदान गरेको थियो ।

उपराष्ट्रपतिका रूपमा, रोड्रिगेजले विभिन्न मन्त्रालयहरू र आर्थिक नीतिहरू सम्हालेर देशको चरम महँगीको सामना गर्न प्रयास गरेकी छन्। धेरैले उनलाई मादुरोको विश्वासपात्र सहयोगी र सरकारको कडा समर्थकका रूपमा हेर्छन् । अमेरिकाले मादुरालाई नियन्त्रणमा लिएलगत्तै उनले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै अवस्था सार्वजनिक गर्न माग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...