१३ नेपालीलाई कतारले दियो आममाफी



हाम्रो इकोनोमि

 

 

कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो ।

परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको जनाएको हो ।

उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ । यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको जनाएको छ ।

यसअघि नेपालले हालै २ वटा हात्ती उपहार दिएको थियो । कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन् । गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू वैदेशिक रोजगारीका कतार गएका थिए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र खल्ती वालेटबीच सम्झौता

    खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी...

प्रचण्ड र देउवालाई पनि जाँचबुझ आयोगको पत्र

    जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका प्रमुख दलका दुई शिर्ष नेताहरू...

कांग्रेसका महामन्त्रीद्वयले भने : पार्टी विभाजनतिर लाग्दैनौँ

    नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय...

बसको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

    गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ...